दैलेखमा सुतिरहेका बेला चट्याङ लागेर एकै परिवारका चार जना घाइते


२ जेष्ठ २०८०, मंगलवार
chatyang

दैलेख । दैलेखमा गए राति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

उनीहरुलाई गए राति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७