मिलानलाई पन्छाउँदै इन्टर फाइनलमा


३ जेष्ठ २०८०, बुधबार
thumb 5

काठमाडौं । इन्टर मिलान १३ वर्षपछि पहिलो पल्ट मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको छ । इन्टरले सेमिफाइनल दोस्रो लेगमा एसी मिलानलाई १–० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो । इन्टरले समग्रमा ३–० को अग्रता लियो ।

अब फाइनलमा इन्टरले ‘अन्डर–डग’ का रूपमा रियल म्याड्रिड अथवा म्यानचेस्टर सिटीको सामना गर्नेछ । दोस्रो सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुँदै छ । फाइनल जुन १० मा इस्टानबुलमा हुनेछ । सानसिरोमा भएको दोस्रो लेगको सेमिफाइनलको ७४ औं मिनेटमा लउटारो र्मार्टिनेजले निर्णायक गोल गरे । इन्टर पहिलो लेगमा २–० ले विजयी रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७