हेटौंडामा पिकअपले ठक्कर दिँदा दुई बर्षीय बालकको मृत्यु


३ जेष्ठ २०८०, बुधबार
accident 2

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर ११ मा पिकअप गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु मृत्यु भएको छ ।
आज (बुधबार) बिहान हेटौंडा–११ को नमुना चोक स्थित भित्री सडक खण्डमा सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुमि डिङ्डुङको २ वर्षीय छोरा समर लो रहेका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते भएका समरलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७