दलहरू भ्रष्टीकरणमा फसिसके : डा. भट्टराई


६ जेष्ठ २०८०, शनिबार
baburam bhattarai
फाइल फोटो

ललितपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरू भ्रष्टीकरणमा फसिसकेको बताएका छन् ।

आज (शनिबार) समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा भट्टराईले आफूलाई कम्युनिष्ट भन्ने एमाले–माओवादीमा राज्य संयन्त्र कब्जा गर्ने र पुरै भ्रष्टीकरण भएर जाने देखिएको आरोप लगाएका छन् ।

उनले कांग्रेस पुरानो विचार लिएर दिशाहीन भएर बसेको र धेरैथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने दावी गरे । भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनु पर्ने पर्ने अवस्था नरहेको बताए ।

अहिले आएका नयाँ भन्ने पार्टीहरूलाई भने अहिले नै खराब भन्न नमिल्ने भए पनि उनीहरूमा कुनै विचार र योजना तथा नीति नै नरहेको उनले टिप्पणी गरे । उनले एउटै चिह्नबाट चुनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भए पनि माओवादीसँग कुनै एकता नभएको बताएका छन् । अध्यक्ष भट्टराईले ज्येष्ठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समीक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७