एम्बाप्पेको दुई गोलमा पीएसजीको जित


८ जेष्ठ २०८०, सोमबार
Mbappe bE1mcV17rj

काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रर्दशनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी ११ औं फ्रेन्च लिग–१ उपाधि नजिक पुगेको छ ।

आइतबार राति भएको खेलमा अक्सेरेविरुद्ध २–१ को संर्घषपूर्ण जित हासिल गर्दै पीएसजी उपाधि नजिक पुगेको हो । पीएसजीको जितमा दुवै गोल एमबाप्पेले गरे ।

साविक विजेता पीएसजीले दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अग्रता बनाएको छ । पीएसजीलाई अब उपाधिका लागि दुई खेलमा एक जित भए पुग्नेछ । पीएसजीका लागि एमबाप्पेले सुरुवाती ८ मिनेटमा नै दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५१औं मिनेटमा सियायोकोले गोल फर्काउँदै अक्सेरेलाई २–१ को अवस्थामा ल्याए ।

रेलिगेसनको खतरासँग जुधिरहेको अक्सरेले खेलमा थप गोल गर्न नसक्दा हार भोग्यो । एमबाप्पलेले खेलको छैटौं र आठौं मिनेटमा गोल गरेका थिए । २४ वर्षीय एमबाप्पेले यो सिजन ४१ खेलमा ४० गोल र ९ असिस्ट दिएका छन् । जसमा लिग १ का ३२ खेलमा ३३ गोल गरे । गएराति नै भएको खेलमा दोस्रो स्थानमा रहेको लेन्सले लोरियन्टलाई ३–१ ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७