नेपाल आज बङ्लादेशसँग खेल्दै, जिते एक खेल अगाडि नै सेमिफाइनल पुग्ने


९ जेष्ठ २०८०, मंगलवार
Nepali Womens Volleyball Team 1 scaled 1

काठमाडौँ । एनएससी–काभा महिला भलिबल भ्यालेञ्ज कपको दोस्रो खेलमा नेपालले आज (मंगलबार) बंगलादेशसँग खेल्दैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपालले हिजो भएको पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतियोगितामा आज भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आज पनि जिते एक खेलअगावै सेमिफाइनलमा पुग्ने छ ।
यस्तै श्रीलङ्का र कजाकस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच पनि खेल हुनेछ । नेपाल र भारत भोलि खेल्नेछन् । प्रतियोगितामा ८ टोली सहभागी छन् ।

समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, कजाकस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७