मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय


९ जेष्ठ २०८०, मंगलवार
Bharat kumar sha

जनकपुर । मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको भन्दै माओवादीले यहाँको सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीका एक सांसदले जानकारी दिए ।

एक साताअघि काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमत भएका थिए । सरकारमा बस्ने /नबस्ने भन्नेबारे छलफलका लागि लोसपा, जनमत र माओवादीको बैठक जारी छ । मुख्यमन्त्री यादवले मंगलबार मात्रै कांग्रेसबाट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसका मन्त्रीहरूको शपथ ग्रहण पनि यही कारण ढिला भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७