काभा महिला भलिवल कप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइलमा


९ जेष्ठ २०८०, मंगलवार
jit 1

काठमाडौं । समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराउँदै नेपाल अन्तिम खेलअगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेञ्ज कप–२०२३ को सेमिफाइनल पुगेको छ । नेपालको यो जितले समूह ‘ए’ बाट भारतले पनि अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशले नेपालमाथि कुनै पनि सेटमा दबाब बनाउन सकेन । लठनेपालले बंगलादेशलाई पहिलो सेटमा २५–१० ले हराएको थियो । दोस्रो सेट २५–८ ले आफ्नो पक्षमा पारेको नेपालले अन्तिम सेट २५–९ ले जित्यो ।

समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लागे पनि भोलि (बुधबार) हुने नेपाल र भारतबीचको खेलले मात्र समूह विजेता र उपविजेताको छिनोफानो हुने छ । नेपाल र भारतबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ । समूह चरणका दुई खेलमा जितविहीन बंगलादेश र कीर्गिस्तानको भने अन्तिम खेलअगावै सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् । यस्तै, समूह ‘बी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७