रेशम चौधरीको कैद माफी


१४ जेष्ठ २०८०, आईतवार
resham 2 1
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएका हुन् । आम माफी दिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ ।

संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

2 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७