कैलालीको महादेव तालमा मानिसको शव फेला, शंकास्पद तीन जना पक्राउ


१६ जेष्ठ २०८०, मंगलवार
sab 94q3C7EhbD

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित महादेव तालमा एक मानिसको शव फेला परेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो ।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । गंगा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ । सोही क्रममा सो तालमा शव फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७