धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो


१६ जेष्ठ २०८०, मंगलवार
death woman
सांकेतिक तस्वीर

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा–छोराको ज्यान गएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएका बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । यता गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी भक्तपुरकी २४ वर्षीया रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७