तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता


१८ जेष्ठ २०८०, बिहीबार
aparadh 1

तनहुँ । तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय सुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो ।

गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथीहरुसँग करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो । उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनै जनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो । सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७