नेपाल–भारतबीच भए सात सम्झौता (तस्वीरहरु)


१८ जेष्ठ २०८०, बिहीबार
prachanda dillhi 12

नयाँदिल्ली । नेपाल–भारतबीच विभिन्न सात सम्झौता भएको छ । चार दिने भारत भ्रमरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार सात सम्झौता भएका हुन् ।

सम्झौतामा ट्रिटी ट्रान्जिटको पुनरावलोकन गर्ने सम्झौता भएको छ । त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तिमन्त्री पीयुस गोयबीच सम्झौता आदान प्रदान भएको हो । दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगंज– चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ ।

यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन् । अर्को सम्झौता सुस्मा स्वराज इस्च्यूट फरेन सर्भिस रहेको छ । त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ ।
दोधारा चाँदनी आईसीसीको बारेमा समेत सम्झौता भएको छ ।

त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतका राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन् । यी दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना लगानी सम्झौता भएको छ । यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ । यसैगरी क्रस बोर्डर पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको हो ।

prachanda dillhi 1
prachanda dillhi 2
prachanda dillhi 3
prachanda dillhi 4
prachanda dillhi 5
prachanda dillhi 6
prachanda dillhi 7
prachanda dillhi 8
prachanda dillhi 9
prachanda dillhi 10
prachanda dillhi 11
prachanda dillhi 12 1
prachanda dillhi 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७