म्यानमार जाने नेपाली महिला फुटबल टोलीलाई विदाइ


२१ जेष्ठ २०८०, आईतवार
U20Nepal Women Football1685863485

काठमाडौं । एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

नेपाली महिला फुटबल टोली आज साँझ म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् ।

त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् । नेपालले पहिलो खेल यही जेठ २३ गते आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेल जेठ २५ गते चीनसँग तथा तेस्रो खेल जेठ २७ गते चाइनिज ताइपेईसँग खेल्ने छ । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट खेलबाट नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपाली टिम

गोलकिपर : कविता बिक, लिला जोशी, सावित्री किसन

रक्षक : सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, अन्जली मचामसी, साराह बज्रचार्य

फरवार्ड : अमिषा कार्की (कप्तान), ममता पुन, गरिमा राई, सन्दीपा भोलन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७