२० वर्षमुनिको महिला एसियन कप छनोट : नेपाल आज म्यानमारसँग खेल्दै


२३ जेष्ठ २०८०, मंगलवार
U20Nepal Women Football1685863485

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा आज (मंगलबार) नेपालले घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सी बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको र अबका हरेक खेल जित्नकै लागि खेल्ने बताएका छन् । उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७