काठमाडौँ विश्वविद्यालयका १,२४० विद्यार्थी दीक्षित {फोटाे फिचर}


२८ जेष्ठ २०८०, आईतवार
Untitled 1 euMuWSlISa

धुलिखेल । काठमाडौ विश्वविद्यालय (केयु) को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार सम्पन्न समारोहमा पहिलो पटक ब्याचलर अफ आर्किटेक्चरका विद्यार्थीहरू दीक्षित भएका छन् ।

स्कुल अफ इन्जिनियरिङअन्र्तगत ब्यचलर अफ आर्किटेक्चरका २९ बिद्यार्थीलाई पहिलो पटक उपाधि प्रदान गरिएको हो । यस विषयमा केयुले इतिहासमै पहिलोपटक उपाधि दिएको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताए । समारोहमा पिएचडीका नौसहित एक हजार २४० विद्यार्थी दीक्षित भएका छन्।

काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ। तीमध्ये आर्टसका ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ जना छन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुष ६ सय १२ जना (४९.३५ प्रतिशत) र महिला ६ सय २८ जना (५०.६५ प्रतिशत) रहेका छन्। जसमा अफ्रिकी देश बेनिन, भारत, श्रीलंका र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना (५.८९ प्रतिशत) विदेशी विद्यार्थी छन् ।
चार जनालाई पदक
सो अवसरमा केयुका चार विद्यार्थीहरूलाई पदक प्रदान गरिएको छ । स्नातकोत्तर तहका सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गरेका स्कूल अफ एजुकेशनका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्नातक तहमा सबैभन्दा बढी ३.९८ सिजिपिए प्राप्त गरेकी स्कूल अफ एजुकेशनकी सन्चिता केसीलाई भाईस चान्सलर स्वर्णपदक तथा एमबिए तहमा सबैभन्दा बढी ३.९७ सिजिपिए प्राप्त गरेकी स्कुल अफ म्यानेजमेन्टकी प्रश्ना भट्टराई र जुद्धबहादुर श्रेष्ठलाई स्वर्णपदक प्राप्त गरेका छन्। २८औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४१ हजार २ सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

Dixit ku 10
Dixit ku 1
Dixit ku 3
Dixit ku 4
Dixit ku 5
Dixit ku 6
Dixit ku 7
Dixit ku 8
Dixit ku 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७