बाजुरामा चट्याङ, एकै परिवारका चार घाइते


२४ बैशाख २०७५, सोमबार
chatyang.

 

बाजुरा,२४ बैशाख २०७५ बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन् ।chatyang.

घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेश्मा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् । घाइतेमध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।

गम्भीर घाइते छायाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भइरहेको छ भने अन्यको जगन्नाथ स्वास्थ्य चौकीमा भइरहेको छ । खाना खान भनेर बसिरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङका कारण घरभित्र रहेको समानमा क्षति पुगेको छ भने घरको छानो समेत भत्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७