तनहुँमा हात बाँधेको अवस्थामा बोराभित्र महिलाको शव फेला


३० जेष्ठ २०८०, मंगलवार
1686649701 sab fela 1200x560 1

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।’

व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन’, प्रनाउ खाँणले भने । उक्त बाटो हिंडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७