कला भावना अभिव्यक्त गर्ने माध्यम : परराष्ट्रमन्त्री साउद


३० जेष्ठ २०८०, मंगलवार
HRV KTM RSS 20230613155054 IMG 8484 scaled

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए ।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

HRB KTM 20230613153441 IMG 8450

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रीहरु विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७