‘वान एक्स बेट’ मार्फत अनलाइन जुवा : कलाकार ‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’ पक्राउ


३२ जेष्ठ २०८०, बिहीबार
meri bassai 2

काठमाडौँ । ‘वान एक्स बेट’ मार्फत अनलाइनमा जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा हाँस्य कलाकारहरू मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’ सहितलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे र राजु मास्टरलगायतका कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको कार्यालयका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन ।

यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न / गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७