प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि मन्त्रालयगत बजेटमा छलफल


१ असार २०८०, शुक्रबार
samsad 4

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाइएको बजेटमा छलफल हुनेछ ।
हेर्नुस् कार्यसूची

samsad karyasuchi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७