लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु


१ असार २०८०, शुक्रबार
Litchi Fruits

सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए । यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ ।

बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७