अझै तीन दिन भिषण वर्षा हुने


४ असार २०८०, सोमबार
badhi pahiro
फाइल तस्बिर

काठमाडाैं । पूर्वको नदीहरुमा तीन दिनसम्म पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बताएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका सप्तकोशीको चतरा क्षेत्र, तमोरको त्रिवेणी, अरुणको सिम्लेमा तीन दिनसम्म पानीको बहाव बढ्ने मौसम बताएको हो ।

भोलि पनि ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र आसपासका जिल्लाहरुको केही ससाना नदीहरुमा बहाब बढ्नसक्ने र केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ । यस्तै ६ गते बुधबार पनि कोशी प्रदेशको मध्यपहाडी र तराईका स–साना नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाबको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
काबेली नदीमा भने जलसतह सतर्कता तह आसपासमा रहेको जनाईको छ ।

आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बग्ने केही ससाना नदीहरुमा बहाब बढ्नसक्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

यस्तै दूधकोसीको रबुवा बजार, तामाकोशीको बस्ती र सुनकोशीको हम्पचुवारमा नदीको बहाब सामान्य बढ्ने पूर्वानुमान शाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले आज बिहान गरेको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।

अविरल वर्षा कारण आएको बाढी पहिरोमा परी परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले जानकारी दिए ।

एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपाया मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोका जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७