नेपालद्वारा नेदरल्यान्डलाई सामान्य लक्ष्य, ४४ ओभरमा ‘अल आउट’


९ असार २०८०, शनिबार
Cricket

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा आज नेपालले नेदरल्यान्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालका ब्यटरहरु नचल्दा क्रिजमा कसै जम्न सकेनन् ।

नेदरल्यान्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६७ रन मात्रै जोडेको हो । नेदरल्यान्डको कसिलो बलर सामु नेपालको ब्याटरहरु चल्न नसक्दा नेपालले नेदरल्यान्डलाई सामान्य लक्ष्य दिएको हो । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो ।

तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन गरेका थिए । त्यस्तै कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । रोहित पौडेल ५५ बलमा ३३ रन, दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन, भिम सार्की ५६ बलमा २२ रन जोड्दै आउट भए भने आरिफ शेख ४ बल खेल्दै ६ रनमै आउट भए । त्यस्तै कुशल मल्ल १९ बलमा १२ रन, गुल्सान झा ३१ बल खेल्दै १५ रन जोडेर आउट भए, करण केसीले ३ बलमा १ रन जोडेका छन् । त्यस्तै सन्दीपले ३३ बलमा २७ रनमा क्याच आउट भए । ललित राजवंशीले एक रन पनि जोड्न सकेनन् ।

नेपालले नेदरल्यान्डलाई सामान्य लक्ष्य दिएसँगै टप सिक्समा पर्ने सम्भावना कमजोर रहेको छ । नेपाल नेदरल्यान्डसँग पराजित भएमा टप टेनेको लागि २ खेल खेल्न पाउने छ । नेदरल्यान्डले नेपालविरुद्ध केही समयपछि जवाफी ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७