जित्नै पर्ने खेलमा नेपाली ब्याट्सम्यानहरु निरिह


९ असार २०८०, शनिबार
Nepal team

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाब छ । नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा नेपालले जिते सुपर सिक्समा पुग्ने सम्भावना बढी छ । तर यस खेलमा पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

तर यही निर्णायक खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । जिम्बावेको हरारेमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको झिनो चुनौती मात्रै दिन सक्यो ।

नेपाली ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरे । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेदरल्यान्ड्सको बलिङ सामु कुनै पनि नेपाली ब्याटर निरिह भए । ४४.३ ओभरमा अलआउट हुन पुगे । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए ।

सन्दीप लामिछानेले ३३ बलमा महत्वपूर्ण २७ रन बनाउँदा ४२ बलमा कुशल भुर्तेलले पनि २७ रन नै जोडे । भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ सेखले ६, करण केसीले एक रन बनाउँदा आसिफ सेख शून्य रनमा आउट भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७