म्याग्दीमा ट्याक्टर दुर्घटना, चालकको गयो ज्यान


१७ असार २०८०, आईतवार
Trackter accident LPuEq1GCbF

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा शिनबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिका–३ मा निर्माणाधीन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जाँदै गरेको ग १ च ७२८१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका चालक रघुगंगा गाउँपालिका–३ मालिकाका २३ वर्षीय सुजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए । कालोपत्रे गर्ने चरणमा रहेको सडकमा ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७