नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ


२६ बैशाख २०७५, बुधबार
pakrau 1

 

काठमाडौँ २६ बैशाख: महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ।
वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।pakrau 1

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाई डर, त्रास, धाँक, धम्की देखाई रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताए।

“गुरुङले विभिन्न होटल तथा रेष्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ,” उनले भने। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७