नरेनको शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको बलियो लक्ष्य


१९ असार २०८०, मंगलवार
nepal malasiya qQiNCKRP6Z

काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नरेन भट्टको शतकमा नेपालले मलेसियालाई बलियो लक्ष्य दिएको हो ।

भट्टले ८९ बलमा ११२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि हुन् । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो ।

नेपालका निरजकुमार यादवले ४७ रन जोडे । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् । आज मलेसियालाई हराउन सकेमा नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ । यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७