गैँडा मारेको अभियोगमा तीन पक्राउ


२० असार २०८०, बुधबार
Rhino taskari chitwan scaled

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार गैँडाको खाग खरिद बिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो ।

पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरी शिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिए । निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७