राष्ट्रिय सभा बैठक स्थगित : मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय


२० असार २०८०, बुधबार
samsad rastriya sabha scaled

काठमाडौं । राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको छ । राष्ट्रिय सभाले विधेयक पारित गरेर सन्देशसहित शुक्रबार प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले आज विधेयक पारित गरेर सन्देशसहित आजै राष्ट्रिय सभामा पठाउनु पर्ने थियो ।

राष्ट्रिय सभा बैठकमा आजै सन्देश टेबुल भई स्वीकार गरेर राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाउनु पथ्र्यो । मिटर ब्याजसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । जुन सभामा उत्पत्ति भयो, त्यही सभा प्रमुखले प्रमाणित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु पर्छ । तर, राष्ट्रिय सभा बैठक भोलिसम्म सारिएपछि कानुनी रिक्तताको अवस्था सिर्जना भएको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७