खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु


२२ असार २०८०, शुक्रबार
death
सांकेतिक तस्वीर

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।

घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७