प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा


२७ बैशाख २०७५, बिहीबार
priminedtr

काठमाडौँ, २७ वैशाख। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।priminedtr

आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । जसअनुसार समूह ‘ए’ मा नेपाल आर्मी, सशस्त्र प्रहरी बल ९एपिएफ० प्रदेश नं १, २ र ४ परेको छ । त्यस्तै समूह ‘बी’ मा भने नेपाल पुलिस क्लबसँगै प्रदेश नं ३, ५, ६ र ७ छन् ।

प्रतियोगिताको विजेता टोलीले रु २० लाख र उपविजेताले रु १० लाख पाउनेछ । त्यस्तै ‘म्यान अफ दि सिरिज’ले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार पाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७