सर्वोच्चको तारेख बुझ्दै बालेनको गुनासो : प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ


२४ असार २०८०, आईतवार
balen 1

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतले आफूलाई अपराधी सावित गर्न खोजेको गुनासो गरेका छन् । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूलाई अपराध गरेको जसरी तारेख पर्चा थमाएको विरोधमा उनले असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा । र, आजै प्रधानमन्त्रीज् युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’ यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको थियो ।

मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो । भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए ।

त्यसपछि पनि मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका थिए । ‘हामीलाई प्रचण्ड ज्यू भन्दा प्रचण्ड ज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा,’ बिहीबार साँझ उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र बिरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरू हुन् ?’ उनले लेखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७