जनमतबाट अनिता साह मन्त्री सिफारिस, मन्त्रालय टुंगो लाग्न बाँकी


२७ असार २०८०, बुधबार
Anita Devi Sah janamat

काठमाडौं । जनमत पार्टीले अनिता साहलाई सरकारमा पठाउने भएको छ । मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीका लागि साहको नाम सिफारिस गरेको प्रवक्ता हरेन्द्र चौधरीले जानकारी दिए ।

‘सरकारमा सहभागी हुने निर्णय गर्‍यौँ । मन्त्रीको नाम सिफारिस गरिएको छ । मन्त्रालय टुंगो लाग्न बाँकी छ’, उनले भने । जनमतले सहरी विकास वा संघीय मामिला मन्त्रालय मागेको छ । जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष सिके राउतले जानकारी दिए ।

राउतका अनुसार मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।
सरकारलाई समर्थन गरे पनि जनमतबाट मन्त्री बनेका थिएनन् । चैत १७ गते काङ्ग्रेससहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउँदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजिनामा दिएका थिए । त्यसबेला उनी खानेपानी मन्त्री थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७