स्पेनिस रक्षक टोरेस एस्टन भिल्लामा अनुबन्ध


२८ असार २०८०, बिहीबार
pau torres1689213517

काठमाडौं । स्पेनिस सेन्टर ब्याक पाउ टोरेस इङ्लिस क्लब एस्टन भिल्लामा अनुबन्ध भएका छन् । एस्टन भिल्लाले स्पेनिस क्लब भिल्लारियलबाट टोरेसलाई अनुबन्ध गरेको हो । टोरेस ३३ मिलियन पाउन्डमा भिल्लारियल छोडेर एस्टन भिल्ला गएका हुन् ।

सन् २०१७ मा भिल्लारियलको सिनियर टोलीमा डेब्यु गरेका टोरेसले १ सय ३६ खेलमा १० गोल गरेका छन् । एस्टन भिल्लामा यो सिजन अनुबन्ध हुने टोरेस दोस्रो खेलाडी हुन् । यसअघि एस्टन भिल्लाले प्रिमियर लिगबाट रेलिगेसनमा परेको लेस्टर सिटीबाट युरी टेली म्यान्सलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७