भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो


२९ असार २०८०, शुक्रबार
thumb 2

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

१ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७