चिजकुमार श्रेष्ठको ‘यात्रा आफैंभित्र’ लोकार्पण


३१ असार २०८०, आईतवार
Capture 19

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैंभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरे ।

कार्यक्रममा ‘राष्ट्र देवोः भव र वीर गोर्खाली अमर छ’ बोलका राष्ट्रिय गीत समेत सार्वजनिक गरिएको छ । कृतिमा जीवनको अर्थ, औचित्य र यात्रा तथा अर्थनीति जस्ता विषयवस्तु समेटिएका छन् । पुस्तकमा जीवनदेखि निराश भएका तथा जाँगर र जोशले भरिपूर्णयुवालाई प्रेरित गर्ने विषयवस्तु रहेको पुस्तकका समीक्षक सुदर्शन खतिवडा र डा नवराज लम्सालले बताए ।

सो अवसरमा सहभागी वक्ताले विधिको शासन, लोकतन्त्र र सुशासनका लागि लामो समयसम्म योगदान दिने त्यागी लेखक श्रेष्ठ जस्ता योग्य व्यक्तिलाई राजनीतिक दलले उचित स्थान र जिम्मेवारी दिन कन्जुस्याइँ गरेको बताए । बालपन, किसुनजीको आमसभामा वामपन्थीको अवरोध, ट्याक्टरमा गिरिजाबाबुको धादिङ भ्रमण, चाक्सिबारीमा महासम्मेलन र जनआन्दोलन, नयाँ पुस्तामा नेतृत्व, यस्तै रहेछ राजनीतिसहित ३३ शीर्षकमा विभिन्न विषयवस्तु समेटिएको रु चार सय मूल्य राखिएको कृति दुई सय १६ पृष्ठको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७