साताको पहिलो दिन घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


३१ असार २०८०, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अस्ती शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ती जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७