बैंकिङ कसुरको आरोपमा लुम्बिनीका पूर्वमन्त्री यादव पक्राउ


१ श्रावण २०८०, सोमबार
bijya yadav

बाँके । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो ।

तत्कालीन जनता समाजवादी पार्टीमा आवद्ध नेता यादव पछि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि निलम्बनमा परेका थिए । यादव पछि एमालेमा प्रवेश गरेका थिए ।

यादवले रुपन्देहीको सियारी गाउँपालिका १ का उमाशंकर यादवलाई बैंक अफ काठमाण्डूको १२ लाख २८ हजारको चेक दिएका थिए । खातामा रकम नभएपछि उक्त चेक बाउन्स भएको थियो । यादवलाई बाँकेको डुडुवा गाउँपालिकाबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७