कोरियामा भीषण बाढी, ५० जनाको मृत्यु


३ श्रावण २०८०, बुधबार
Korea flood2023 07 18 01 52 51

काठमाडौं । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालकसहित चार जनाको शव निकालिएको थियो ।

सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा ३४ जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपतकालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । गोन्जु र दक्षिण चुङचेओङ प्रान्तमँ छ सइ २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउन्टीमा छ सय १४ मिलिमिटर , सेजोङको मध्य शहरमा पाँच सय ८० मिलिमिटर र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा पाँच सय २२ मिलीमिटर वर्षा भएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको संख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । तीन सय ५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ । ११ हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७