राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


४ श्रावण २०८०, बिहीबार
Samsad 2 scaled

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज (बिहीबार) बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७