फिफा वरियतामा नेपाल यथावत


४ श्रावण २०८०, बिहीबार
nepali football team D48fIi1AvM

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एशोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंं स्थानमा छ ।

नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्याण्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् । यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवाैं तथा स्पेन दशौँ स्थानमा छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७