सुन तस्करीमा गलत मनसायले पूर्व सभामुखको नाम जोडियो : मन्त्री शर्मा


५ श्रावण २०८०, शुक्रबार
Rekha Sharma 2

जनकपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।

आज (शुक्रबार) जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् । मन्त्री शर्माले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउँदै यही सरकारले नागरिकता समस्या समाधान गरेका बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७