जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु, शव अगाडि राखेर प्रदर्शन


५ श्रावण २०८०, शुक्रबार
pradarshan 11689947747

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जनकपुर सुरक्षा अस्पताल अगाडि प्रदर्शन भइरहेको छ । चिकित्सकको लापरवाहीले पाठेघर शल्यक्रियाका लागि पुगेकी एक महिलाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल अगाडि शव राखेर प्रदर्शन गरिरहेरका छन् ।

शुक्रबार (आज) दिउँसो जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि उनको परिवारले शव नबुझेर अस्पतालविरुद्ध प्रदर्शन गरिरहेको छ । अहिले अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।

उनी गत बुधबार अस्पताल भर्ना भएकी थिइन् । धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले भीडलाई शान्त बनाउन प्रहरी परिचालन गरिएको बताए । दुवै पक्षलाई राखेर वार्ताको माध्यमबाट निकास दिइने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७