बीपीको सालिक अनावरण

इनरुवा । बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा आज (शनिबार) सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।