करेन्ट लागेर दुई जनाको मृत्यु


६ श्रावण २०८०, शनिबार
current
सांकेतिक तस्वीर

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । च्यामासिंहस्थित निर्माणाधीन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका–६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरिङ गर्ने क्रममा हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७