नेपाल–भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या, पहिचान खुल्न बाँकी


७ श्रावण २०८०, आईतवार
shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या
सांकेतिक तस्विर

धनुषा । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

गए राति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले करिव ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महिलालाई दुई राउण्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका छन् । गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान खुल्न बाँकी रहेको धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको प्रवक्ता गौतमले बताए । घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७