बुटवलमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार, तीन जना पक्राउ


८ श्रावण २०८०, सोमबार
butwal 1

बुटवल । बुटवलमा कालिगण्डकी निमार्ण कम्पनीका सञ्चालक डीबी खत्रीका छोरा तथा निर्माण व्यवसायी निर्मल खत्रीमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुटवलको कालिकापथस्थित होराइजन चोक नजिक उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहारको आरोपमा पक्राउ परेकाहरुको विवरण प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

खुकुरी प्रहारबाट खत्रीको टाउकोमा गहिरो चोट लागेकाले ६० वटा टाँका लगाइएको बताइएको छ । करिब ३० जनाको समूहले निर्माण व्यवसायी खत्रीलाई खुकुरी तथा ढुंगामुढाले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने समूहका अरु व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबार साँझको हो । पिच गर्न कालोपत्रे गरेर राखेको सकडमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक गुडाएपछि सडक विग्रिएको भन्दै विवाद सुरु भएको थियो । सोही विवादपछि कादरीले युवाहरुको समूह ल्याएर आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७