ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुई जना पक्राउ


८ श्रावण २०८०, सोमबार
lalita niwas baluwatar 768x384 1

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको एसएसपी आचार्यले बताए । यसै प्रकरणमा आइतबार नापी कार्यालयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७