‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा


११ श्रावण २०८०, बिहीबार
flim
फाइल फोटो

काठमाडौं । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्नेछ ।

विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई रु एक लाख, दोस्रो र तेस्रो फिल्मलाई क्रमशःरु ५० हजार र रु २५ हजार प्रदान गरिने छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, ‘चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित प्रतिष्पर्धा गर्दैछौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७